
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर अर्काे शक्तिशाली भूकम्प गएको छ ।
मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जसका कारण भूकम्पको धक्काले केही घरहरुमा असर पुगेको बताइएको छ । तर आधिकारिक रुपमा हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।
यसअघि आजै दिउँसो २ बजेर ४० मिनेट जाँदा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्