२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सांसदलाई बोल्न दिने कुरामा विभेद भयो : जनार्दन शर्मा


663
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद गरेको आरोप लगाउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उहाँले संसदमा सांसदहरुलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताउनुभयो । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरुले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभयो । उहाँले सबै सांसदहरुले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताउनुभयो ।

उपमहासचिव शर्माले मुलुकमा जातीय/धार्मिक द्वन्द्व फैल्याउने काम भईरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भिर कदम चाल्न सरकारलाई पनि सचेत गराउनुभयो ।