
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको छ ।
पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति उल्लेख गर्दै उहाँले प्रधानमन्त्री दाहाल मुलुकको कार्यकारी भुमिका नभएको सरह देखिएको जिकिर समेत गर्नुभयो ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गर्नु भएको सम्बोधनप्रति पनि असन्तुष्टि जनाउनुभयो । उहाँले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सो सभासभामा प्रधानमन्त्रीले राख्न नसकेको बताउनुभयो ।
सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्