२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र


832
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ ।

ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो ।

पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले उक्त कामको ठेक्का लिएको थियो ।

वर्षालगायतका विभिन्न बहाना बनाएर ठेकेदार कम्पनीले काममा आलटाल गर्दै आएको छ । सडक पुल समयमै निर्माण नहुँदा बेलाबेलामा खोलाले यातायात अवरुद्ध गर्दै आएको छ । पक्की पुल समयमै नबनेकाले स्थानीय पोक्तिङ खोलाको जोखिमयुक्त झोलुंगे पुलबाट आवतजावत गर्न बाध्य छन् ।