८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कुश्मामा बाढीले बगाएर बेपत्तामध्ये थप एक जनाको शव भेटियो


2.145k
Shares

पर्वत । पर्वतको कुश्माको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेकामध्ये थप एक जनाको शव भेटिएको छ ।

कास्कीको अन्नपुर्ण गाउँपालिका– ३ नौडाँडाका ३४ वर्षीय माधव पौडेलको शव भेटिएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिकाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक केशब केसीले जानकारी दिनुभयो ।

बाढीले बगाएका रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ वर्षीय गोपाल बस्यालको भने सोहि दिन शव फेला परेको थियो । वेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका– ३ इदिका ५१ वर्षिय डम्वर बहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको छ ।

घटनास्थलमा सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । बागलुङबाट पोखरातर्फ जाँदै गरेको जीप शनिवार साँझ बाढीले बगाउँदा तीन पुरुषसहित गाडी बेपत्ता भएको थियो ।