
काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ ।
मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताउनुभएको हो । उहाँले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताउनुभयो । मन्त्री श्रेष्ठले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनेकुरा गलत भएको बताउनुभयो । उहाँले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताउनुभयो ।
नेता केसीले भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्