२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा छ : अध्यक्ष लिङ्देन


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताउनुभएको छ ।

राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गर्नुभयो । उहाँले नेपालले देश-देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाउनुभयो । उहाँले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको अरोप लगाउनुभयो । उहाँले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताउनुभयो । उहाँले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भिर परिस्थिति निम्त्याइरहेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने, लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने हुन आवश्यक रहेको बताउनुभयो ।