
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को स्टडी ईन नेपाल अभियान अन्तर्गत सफ्ट एड ग्रुपको सनवे कलेजले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक परामर्श संघ र सफ्ट एड गु्रपबीच यससन्बन्धी समझदारी भएको हो ।
विद्यार्थीलाई जीपीए आईएलटीएस स्कोरका आधारमा ३० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति दिइने संस्थाहरुले जनाएका छन् । नेपालमै उच्च शिक्षा अध्यनका लागि विद्यार्थीलाई १ करोड बढीको छात्रवृत्तिको सुविधा दिएको जनाईएको छ ।
यस्तै, कलेजले स्नातकस्तरका विद्यार्थीलाई बिएस्सी अनर्स कम्प्युटर साईन्स विथ आर्टिफिसियल ईन्टेलीजेन्स कोर्सकालागि पनि छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्