
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको हो । उहाँले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको विरोध गर्नु उपयुक्त नहुने बताउनुभयो ।
सांसद पौडेलले ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गर्नुभयो । ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गर्नुभयो ।
सांसद पौडेलले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्