१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेटौँडा काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध


3.042k
Shares

काठमाडौं । पहिराको कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्ड बुधबार बिहानैबाट अवरुद्ध भएका छन् ।

मंगलबार राति परेको वर्षासँगै आएको पहिरोको कारण सडक अबरुद्ध भएको हो । पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको हो । दुवै सडकखण्डमा गएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

यो सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न आग्रह गरीएको छ ।