२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प छैन : अध्यक्ष ओली


494
Shares

बिराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउनुभएको छ ।

बिराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको प्रष्ट पार्नभयो । उहाँले मध्यावधिमा गए अरू दलको सिट घट्ने पनि बताउनुभयो । मध्यावधि भए एमालले १५ सिट बढाउँने दाबी गर्नुभयो । अहिले राज्यको खर्च हुने भएकाले मध्यावधिमा जानु अनुचित हुने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले अहिले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको पनि बताउनुभयो । बिभिन्न अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको भन्दै ओली यस्ता अभिष्ट पुरा नहुने पनि प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि जिकीर गर्नुभयो । उहाँ सन्चै जानु भएको र सन्चै आउनु भयो अरू प्रगति नभएको ओलीले भनाई थियो ।

महाकालेश्वर देखि मानसरोवर सम्मको धार्मिक यात्रालाई उहाँले पाप पखाल्न गएको आरोप लगाउनुभयो ।