
तस्विर फाइल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम प्रदेशमा मंगलबार बझाङ गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प जाँदा बझाङ र आसपासका जिल्लाहरुमा भएको मानिसहरु घाइते भएको तथा भौतिक क्षति भएकोमा पूर्व राजाले दुख व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
घाइतेहरुको उपचार तथा क्षतिबाट प्रभावित घर परिवारलाई राहत उपलब्ध गराउन पनि पूर्व राजाले आग्रह समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्