
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न रहेको आशंकामा लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको छ ।
पक्राउ परेका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका सवारी चालक हुन् ।
दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौंमा ल्याएका थिए । यसअघि गत भदौ १३ गते सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो ।
सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको कनेक्सन देखिएको र वाङ र राहुलबिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको पनि सिआइबीको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्