
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्ने जनाएको छ ।
मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताउनुभएको हो ।
भूकम्पका कारण २७ जना घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति बझाङमा भएको छ । बझाङमा एक जना बेपत्ता छन् भने १८ जना घाइते भएका छन् । अछाममा पाँच जना तथा बैतडी र बाजुरामा २/२ जना घाइते भएको सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्