
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएको बताउनुभएको छ ।
सरकारको प्रतिनिधि भएर पनि आफूले सो ऐनबारे आलोचना गर्नुपरेको उहाँको गुनासो थियो । बुधबार प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले आफू अर्थ समितिमा रहेका बेला सो ऐन संशोधनका लागि दिएको सुझाव पनि कार्यान्वयनमा आउन नसकेको दाबी गर्नुभयो ।
उहाँले सार्वजनिक खरिद ऐन विकास, निर्माणका लागि सहज नभएकाले नै आफूले सो ऐनको नयाँ ड्राफ्ट बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका सम्बन्धित निकायसँग छलफल गरी त्यसलाई अघि बढाउने काम गरेको बताउनुभयो ।
मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐन सम्बन्धि पूरानो विधेयक संशोधन गर्ने भन्दा पनि सरकारले नयाँ विधेयक बनाएर संसदमा छिटो पेश गर्ने तयारी गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्