
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौंडा उपमहानगरपालिका-९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडि गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्याउँदा हेटौंडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौंडा जाँदै गर्दा उक्त गाडी खसेपछि प्रहरी चौकी गरेमा जानकारी गरी उद्धारमा खटिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौंडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्