२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने पोस्ट गरे कारबाही गर्ने चेतावनी


2.132k
Shares

काठमाडौं । नेपाल प्रहरीले जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले बुधबार सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा एकतामा आँच पुग्ने तथ्यहीन विषय वस्तु प्रकाशन तथा प्रशारण गरे कारबाही गरिने जनाएको हो ।

साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री प्रकाशन र प्रदर्शन नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।