
कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ ।
मंगलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताउनुभयो ।
उनीहरुलाई गए राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो ।
तर त्याहा उपचार हुन नसकेपछि उनीहरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुबैको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्