
एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष एउटा इरानी पानी जहाजबाट जफत गरेको गोलाबारुद युक्रेनलाई दिएको छ ।
इरानले यमनको हुथी विद्रोहीकालागि पठाएको भन्दै अमेरिकी जलसेनाले गत वर्ष झण्डै ११ लाख राउण्ड गोली जफत गरेको हो । उक्त हतियार अहिले युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोगस्वरुप पठाएको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले गत वर्ष उक्त इरानी पानी जहाज नियन्त्रणमा लिंदा थुप्रै हतियार बरामद गरेको जिकिर गरेको थियो ।
लुटिएको हतियार युक्रेनलाई दिएकोमा इरानले भने रोष प्रकट गरेको छ । रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले लामो दूरीका हतियार र हवाई रक्षा प्रणाली समेत दिईसकेको छ ।
पछिल्लो समय भने अमेरिकी रिपब्लिकन पार्टीका केही सांसदहरुले युक्रेनलाई सैन्य सहयोग रोक्न माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्