
काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को राष्ट्रपतिबाट कैद सजाय मिनाहा भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि आज बिहिबार पेसी तोकिएको छ ।
उक्त रिट निवेदनको सुनुवाईका लागि न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ । अबैध असुलीमा संलग्न रिगलले आफ्नो असुलीमा बाधा खडा गरेको भन्दै २०७२ असार २८ मा चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।
मानन्धरको हत्यामा संलग्न मुख्य दोषी भन्दै अदालतले रिगललाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो । तर मन्त्रिपरिषदको सिफारिसमा संविधान दिवसको दिन असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गर्नुभएको थियो ।
त्यसबिरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिनु भएको थियो । भारतीले सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्