११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भुकम्पपछि बझाङमा बिद्यालय बन्द


286
Shares

काठमाडौं । भूकम्पपछि बझाङमा पठनपाठन प्रभावित भएको छ ।

अधिकांश विद्यालयका संरचना भत्किएपछि विद्यालय बन्द गरिएका हुन् । जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ । १२ पालिका रहेको बझाङमा २ सय ७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन ।

भूकम्पका कारण त्यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङले जनाएको छ ।

हिजो बुधबार बझाङ केन्द्र बिन्दु भएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । त्रासका कारण मानिसहरु घरभित्र पस्न सकी रहेका छैनन् ।