
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानूनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानून बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरित र कानूनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गर्नुभएको हो । उहाँले सरकारले बद्नियतका साथ निर्णय गरेको बताउनुभयो ।
सांसद थापाले गम्भिर अपराधमा दोषि ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उहाँले यसको जवाफ सरकारले दिनैपर्ने बताउनुभयो ।
सांसद थापाले कानूनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानूनी छिद्र टाल्नुपर्ने बताउनुभयो । यसको लागि अपव्याख्या नहुनेगरी एकीकृत कानून बनाउनुपर्ने बताउनुभयो ।
सांसद थापाले फागुन ७ गतेभन्दा अगाडी नै कानून बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्