८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोकौं : सांसद झा


143
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भु–भागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताउनुभयो ।

सांसद झाले राजनीतिक दलहरुले भोटको राजनीति गरिरहेका भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने बताउनुभयो । विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उहाँले अब त्यसभन्दा माथि उठ्नुपर्ने बताउनुभयो ।

सांसद झाले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।