१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारको संलग्नतामा चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ : सचेतक बर्तौला


78
Shares

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतर्फ जानसक्ने खतरा देखिएको बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले सुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताउनुभयो ।

एमाले सचेतक बर्तौलाले सरकार कमाउ धन्दामा लागेको आरोप लगाउनुभयो । उहाँले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताउनुभयो । एमाले सचेतक बर्तौलाले सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको पनि बताउनुभयो ।

सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानि सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताउनुभयो ।