
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डबीच देशभर पुँजीबजार सम्बन्धि शिक्षा तथा सचेतना वृद्धि गर्ने समझदारी भएको छ ।
सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष ढकालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरण जस्ता नियमनकारी निकायका कारण बजारमा लगानी हुन नसकेको बताउनुभयो । उहाँले अहिले बैंकहरुमा ५ खर्ब पैसा रहे पनि अर्थतन्त्रमा समस्या आउनु शेयर बजारमा कारोबार गर्ने व्यक्ति तथा संस्थाहरुलाई दोष लगाउन नमिल्ने भन्दै नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले विकास र समृद्धि चाहने हो भने कार्यकारी प्रमुखलाई असिमित अधिकार दिन नहुने बताउनुभयो ।
कार्यक्रममा महासंघका तीनै जना उपाध्यक्षहले शेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्नुपर्ने र शेयर बजारलाई उत्पादनमुलक क्षेत्रका रुपमा विकास गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्