
काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर भएको छ ।
काठमाडौंमा बिहीबार कार्यक्रम गरी नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार वटा प्रतिनिधिमूलक संस्थाहरु नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघबीच साझेदारीका लागि हस्ताक्षर भएको हो ।
साझेदारी पत्रमा हस्ताक्षरपछि निगमका अध्यक्ष युवराज अधिकारीकाले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अस्तित्वका लागि वायुसेवा निगमको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार गर भन्दैमा सुधार गर्न नसकिने बताउनुभयो ।
आफू निगममा अध्यक्ष भएर आएपछि कुनै पनि भष्टाचारको काम नभएको दाबी उहाँले गर्नुभयो । कार्यक्रममा उद्योग परिसंघका युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुखद हो भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्