१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक अघि बढाउनुपर्छ : रमेश लेखक


312
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरुको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले संविधानसम्मत ढंगले सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भएको हो । प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतीकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

सरकारले सरोकारवालाहरुसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतीकै आधारमा अघि बढाउन उपयुक्त हुने उहाँको तर्क थियो ।

प्रमुख सचेतक लेखकले सो विधेयक पारित गराउन पनि ढिलाई गर्न नहुने बताउनु भयो ।