१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको सीके राउतको दाबी


507
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको बताउनुभएको छ ।

शुक्रवार प्र्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गर्नुभयो । अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताउनु भयो ।अध्यक्ष राउतले सो विधेयक संकिर्णवादी सोचका साथ आएको पनि दोहोर्‍याउनु भयो ।