२२ फाल्गुन २०८१, बिहिबार | Fri Mar 7 2025


सरकारले जातिय द्वन्द्व गर्न उक्साइरहेको छ : सांसद सिंह


247
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले सरकारले जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातिय द्वन्द्वका लागि उक्साइरहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री स्वयंले जातिय लडाई लड्न आग्रह गरेको बताउनुभयो ।

सांसद सिंहले जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरुमा मौन बसेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो ।

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरुले सोही अनुसारका अभिव्यक्तिहरु दिइरहेका स्पष्ट पार्नुभयो ।