२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


3.289k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो ।

धरौटमा छाड्ने आदेश भएकी भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको छ । अन्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

यस प्रकरणमा नेपाल प्रहरीको सीआइबीले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो । अदालतको आदेशसँगै उनीहरु सवैलाई आज जेल चलान गरिएको छ ।