१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति रामचन्द्र पौडेलले दिए जितिया पर्वको शुभकामना


325
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनु भएको छ ।

उहाँले जितिया जस्तो मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उल्लेख गर्नुभयो ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।