
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री दाहालले जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने विश्वास लिनु भएको छ ।
तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ ।
बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्