
काठमाडौं । एसियन गेम्स अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालले जित हासिल गरेको छ ।
शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा हराएको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट २५-१८ ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो ।
मंगोलियालाई हराउँदै नेपालको महिला भलिबल टिमले एसियाडमा ११ औं स्थान हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्