१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्झौता भएको तीन वर्षपछि पुल निर्माण कार्य सुरु


3.458k
Shares

नवलपरासी । नवलपरासीमा सम्झौता भएको तीन वर्षपछि खजुरा खोलामा पुल निर्माण कार्य सुरु भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ नंबर वडा जोड्ने पुल निर्माण गर्न २०७७ सालमा सम्झौता भएको थियो । शिलान्याससमेत गरिएको पुल निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबिहिन भएका थिए ।

याद सकिँदासमेत सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासनको सहयोग लिएर निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको थियो । निर्माण व्यवसायी सम्पर्क आएपछि अहिले एक सातादेखि निर्माण कार्य सुरु भएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको हो ।

२०८० असार ३ गतेभित्र सम्पन्न गर्ने गरी श्रीमृत संजिवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा निर्माण कार्यको जिम्मेवारी लिएको हो । पुल नहुँदा स्थानीयहरु वर्षायाममा बाढीको जोखिम मोलेर आवतजावत गर्न बाध्य हुदै आएका छन् ।