१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान र बंगलादेशबीचको खेल जारी


871
Shares

काठमाडौं । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला क्रिकेट मैदमनमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रन बनाउँदै अलआउटभयो ।

अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै, इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए ।

बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले तीन/तीन विकेट लिए । अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।