
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा उद्योग कालकारखा स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिइएको बताउनुभएको छ ।
शनबिार हेटौँडामा आयोजित उद्योग परिसंघ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको बताउनुभयो ।
प्रदेश सरकारले औद्योगिक विकासका लगानी गरेको उहाँको दाबी छ । सरकारले कृषि क्षेत्रमा जोड दिने भन्दै विगतमा कृषि क्षेत्र व्यक्ति केन्द्रीत भएकाले त्यसको अन्त्य गरेर व्यसायीकरण गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्