
ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पतालको लापरवाहीले डेढ महिने शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले शव बुझ्न नमानेपछि विवाद सुरु भएको छ ।
शुक्रबार बिहान अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएको शिशुलाई भर्ना नलिएर ओपीडीमा पठाएपछि उपचार ढिलाई भएर शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले शव बुझ्न नमानेका हुन् ।
अस्पतालले शुक्रबार दिउँसो मात्रै ओपीडीबाट इमर्जेन्सीमा पठाएर शिशुको उपचार सुरु गरेको थियो । पिसाब रोकिएको लक्षण भएकी शिशुको उपचारमा ढिलाई भएपछि शुक्रबार राति करिब ९ बजेतिर मृत्यु भएको थियो । शिशुको मृत्यु भएसँगै आज विहानदेखि अस्पताल प्रशासनसँग पीडित पक्षको वार्ता भएपनि निष्कर्षविहीन भएको छ ।
घटनाको विषयमा अस्पतालले घुमाउरो रुपमा कमजोरी भएको स्वीकारेको छ ।
प्रतिक्रिया दिनुहोस्