२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्नेछु : माधवकुमार नेपाल


52
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताउनुभएको छ ।

पार्टी निकट नेपाल खुलकुद महासंघ समाजवादीले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरुलाई पनि आग्रह गर्नुभयो

तलैदेखि खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीहरुको टिम राम्रो बन्ने अध्यक्ष नेपालको भनाई थियो । उहाँले खेलाडीहरुलाई हौसला प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहित गर्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।