
काठमाडौं । व्यवस्थापन विषय अध्ययन गरेका जनशक्तिलाई उद्योग तथा कम्पनीले रोजगारी दिँदा व्यवस्थापकीय सिप र तालिम दिनुपर्ने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले बताउनुभयो ।
शनिबार काठमाडौंमा पद्मकन्या बहुमुखी क्याम्पसको वाणिज्य व्यवस्थापन संकाय स्नाकोत्तर तह (मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष)ले आयोजना गरेको ‘वाणिज्य व्यवस्थाप शिक्षा विषय’को अन्तक्रिया कार्यक्रममा डिन शर्माले सो कुरा बताउनुभयो । उहाँले वाणिज्य व्यवस्थापन पढेका जनशक्तिलाई उद्योगले रोजगारी दिँदा सिप विकासको तालिम दिएर सक्षम बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वाणिज्य व्यवस्थापनको अध्ययन गरेका विद्यार्थीले अरुको कम्पनीमा रोजगारी गर्नुभन्दा आफै रोजगारको र्सिजना गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवस्थापनमा जोखिम हुने भएकोले जोखिम र निर्णय लिनसक्ने व्यक्ति नै सफल हुने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत देवकोटाले व्यवस्थापनका विद्यार्थीले बजारमा आफ्नो सामान र आफुलाई चिनाउन सक्ने हुनेपर्ने बताउनुभयो ।
पद्मकन्या बहुमुखी क्याम्पस वाणिज्य व्यवस्थापन संकायका प्रमुख सह-प्राध्ययापक अग्निधर पराजुलीले वाणिज्य व्यवास्थापन कार्यक्रमलाई राम्रोसँग अगाडि बढाउने बताउनुभएको छ । पराजुलीले राम्रो जानशक्ति उत्पादन गरेर विद्यार्थीलाई उद्योग तथा कम्पनीमा राम्रो स्थानसम्म पुयाउने बताउनुभयो ।
त्यस्तै, पद्मकन्या बहुमुखी क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले वाणिज्य व्यवस्थापनका लागि आवश्यक पर्ने सबै कुराको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
पद्मकन्या बहुमुखी क्याम्पसले गत वर्षदेखि मास्टर अफ बिजनेस म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको छ । पहिलो ब्याच दोस्रो सेमेस्टरमा अध्ययन गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्