
काठमाडौं । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो ।
शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका थिए । जसमध्ये १० प्रतिशतमा विस्तृत किसिमको परीक्षण गर्नुपर्ने देखिएको छ । रेडियोलोजिष्ट डा.अनामीका झाले स्तन क्यान्सर रोगबाट बच्नका लागि ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिनुभयो ।
डा. झाले स्तन क्यान्सरबाट बच्न समय समयमा परीक्षण गराइरहन सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्