२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नोबेल पुरस्कार घोषणापछि नर्गिसको आलोचना


11.388k
Shares

एजेन्सी । इरानी पत्रकार तथा मानवअधिकारकर्मी नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि इरानी सञ्चारमाध्यमले उनको आलोचना गरेका छन् ।

इरानी सरकार समर्थित सञ्चारमाध्यमले मोहम्मदीलाइ ‘आतंकवादी समूहसँग मिलेर काम गरेको’ र ‘इरान विरोधी गतिविधिमा संलग्न भएको’ आरोप लगाएका छन् ।

उनीहरुले मोहम्मदी र नोबेल पुरस्कार समितिको पनि आलोचना गरेका छन् । मोहम्मदीलाई इरानमा महिला उत्पीडनविरुद्धको लडाइँका लागि सम्मानित गरिएको थियो ।

५१ वर्षीया अभियन्ता मोहम्मदीलाई सरकार विरोधी प्रचार गरेको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोपमा इरानको एक अदालतले जेल सजाय दिएको छ ।

उनी नोभेम्बर २०२१ मा जेल परेकी थिइन् । यसैबीच इरानका विदेशमन्त्री नासेर कनानीले मोहम्मदीलाई नोबेल पुरस्कार दिने निर्णय पक्षपाती र राजनीतिक भएको बताएका छन् ।