१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायलमाथि भएको आतंकवादी आक्रमणको नेपालद्वारा कडा निन्दा


858
Shares

काठमाडौं । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ ।

शनिबार राति परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो । यो कठिन घडिमा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ ।

१४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाउँदै दूतावासले नेपालीको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ ।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको छ ।