१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँदै


9.165k
Shares

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ ।

यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल तोकिएको छ ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

काठमाडौं, ललितपुर, भक्तपुर र बाहिरी जिल्लाहरुमा पनि आइतबारबाट सुपथ मूल्य पसल सञ्चालनमा आउने छ ।