२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आज प्रतिनिधि सभाको बैठक बस्दै


130
Shares

काठमाडौं । संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक आइतबार दिउँसो १ बजेबाट सुरु हुनेछ । आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।