
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गर्दै हुनुहुन्छ ।
बेलायती सेनाका जनरल प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा शर्मा बेलायतको ६ दिने औपचारिक भ्रमणमा त्यसतर्फ जान लाग्नुभएको हो ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका समकक्षीसँग भेटवार्ता गर्नुका साथै उहाँले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको पनि भ्रमण गर्नुहुनेछ ।
भ्रमणकै क्रममा प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने र क्याम्ब्रिएन पट्रोलमा सहभागी टोलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्