
काठमाडौं । उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित कोशी पुल नजिकै कोशी गाउँपालीका–५ श्रीपुरका २१ वर्षीय खैरुल वासरलाई लागु औषधसहित पक्राउ गरेको हो ।
वासरलाई चेकजाँच गर्दा निजको साथबाट २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
प्रहरीको सोही टोलीले शनिबार साँझ नै १६ ग्राम ४ सय ७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित सप्तरी कंकालिनी नगरपालिका–१ का २७ वर्षीय बेचन मण्डल र ३२ वर्षीय जितेन्द्र मुखियालाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेकाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्