१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताउनुभएको हो । उहाँले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको निति अवलम्वन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको बताउनुभयो ।

सांसद घिमिरेले निजी र सरकारी क्षेत्रको बिचमा पर्खाल खडा गरेर नीजि क्षेत्रलाई निषेध गर्ने कोशिस गरिएको बताउनुभयो । उहाँले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताउनुभयो । उहाँले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताउनुभयो ।

सांसद घिमिरेले देशको आर्थिक विकासका लागि नीजि क्षेत्र प्रवेश गर्न नचाहाने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताउनुभयो । उहाँले कुशासन र भ्रष्टाचारको समुल नष्ट गर्नुपर्ने पनि बताउनुभयो ।