२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सरकारले बजेटमा कामै गर्न सकेन : सांसद वाग्ले


143
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद वाग्लेले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गर्नुभयो । उहाँले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठह¥याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताउनुभयो ।

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराएपनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताउनुभयो ।