
काठमाडौं । नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रस्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै सांसद बिष्टले विधेयक कहीबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको हो । उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउनुभयो ।
सांसद बिष्टले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताउनुभयो । उहाँले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्