
इटहरी । इटहरीमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका –१६ स्थित नहरमा डुबेर बेपत्ता भएका इटहरी– १९ का १९ वर्षीय अनिस चौधरीको शव आज फेला पारेको हो ।
साथीहरुसँग पौडी खेल्नगएका चौधरी डुबेर वेपत्ता भएका थिए । चौधरीको शब घट्ना स्थलदेखि एकसय मिटर पूर्वतर्फ झण्डै १५ फिट गहिराइमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्